सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि

judo dharma1
बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) को आयोजनामा प्रथम सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ ।
अघिल्ला दुई संस्करण घरेलु खेलाडीको सहभागितामा सीडब्लुसीएन जुडो कपको नाममा भएका थिए । प्रतियोगितामा नेपालसहित भुटान र जापानका खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जानकारी गराए ।
पुरुषमा ८ र महिलामा ८ गरी जम्मा १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार खर्च हुने बताइएको छ ।दुईदिने प्रतियोगिताका खेलहरु नयाँपाटीस्थित केन्द्रको हातामा हुनेछ ।

Comment