अवार्डमा समेत भेदभाव गर्दै सुटिङ सङ्घ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी पुरस्कार सुटिङमा सुस्मिता नेपालको नाम सिफारिस गर्ने क्रममा मुख्य प्रशिक्षकको समेत सल्लाह लिइएको छैन । 

यसमा सुटिङ सङ्घ भित्र भुसको आगो झैँ सल्किएको छ । यस पटक संघले सबै भन्दा धेरै अन्याय कल्पना परियारलाई गरेको खुलासा भएको छ । २०७८ मा नेपालमा घरेलु प्रतियोगिता नै नभएको तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने एक मात्रै खेलाडी कल्पना परियार भएको सुटिङकै राष्ट्रिय खेलाडी हरि थापा बताउँछन् । कल्पनाले जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा सहभागिात जनाएकी थिइन् । 

गत वर्ष विपेस खड्काले अनलाइनमा राम्रो प्रदर्शन गरे पनि अनलाइन खेललाई मान्यता नदिने भन्दै उनलाई सिफारिस गरिएको थिएन । यस पटक सङ्घको बैठक नै नबसी निर्णय गरिएको जनाइएको छ । 

Comment