न्यायिक आवाज बोल्ने तामाङ सुटिङ सङ्घको वरिष्ठ उपाध्यक्ष 

नेपाल सुटिङ सङ्घको साधारण सभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिँदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा (घिसिङ) चयन भए । नेपाली सुटिङमा भएको बेतिथिको विरुद्धमा आवाज उठाउने तामाङको उपस्थितिले सुटिङ खेलले विगतको खराब छवि सुधार गर्ने सम्भावना भने देखिएको छ ।

प्रशिक्षणमा मनपरी तन्त्र, अन्तर्राष्ट्रिय समन्वयमा व्यक्तिगत मेलको प्रयोग लगायत व्यापक अनियमितताको विरुद्धमा तत्कालीन काभ्रे जिल्ला अध्यक्ष तामाङको नेतृत्वमा विद्रोहको आवाज घन्किएको थियो । सो आवाज दबाउन ठुलो शक्ति लागी परे पनि सबै खेलाडीलाई प्रशिक्षणमा बोलाउने वातावरण तयार भएको थियो । तामाङको यस कदममा राष्ट्रिय खेलाडी हरि थापाको पनि साथ थियो । 

साधारण सभाले उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरञ्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रूपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिए । अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।

नवनिर्वाचित अध्यक्षले श्रेष्ठले उपेन्द्र केशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

Comment