‘नेतृत्व नै नेपाली तेक्वान्दोको समस्याको कारक’

नेपालमा तेक्वान्दाको विवाद बढेको धेरै वर्ष भएको छ । यस विवादको समयमा धेरैको फरक फरक धारणा छ । यसरी विमति राख्नेमा नेपालमा रहेका मात्र होइन, विदेशमा रहेका तेक्वान्दोकर्मी समेत छन् । दक्षिण कोरियामा रहेको एनआरएनएको नेतृत्व समेत गरी सकेका राजु क्षेत्रीले यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । विश्व तेक्वानदो( डब्लुटी)सँग रहेको सम्बन्धका कारण उनले नेपाली तेक्वान्दोमा धेरै सहयोग गरी सकेका छन् । यसै सम्पर्कका कारण उनले विगतमा उनले नेपाल तेक्वान्दो संघले भन्दा कम खर्चमा धेरैलाई डान सर्टीफिकेट उपलब्ध गराएका थिए । 

नेपाली तेक्वान्दो र चाप्लुसी र चाकडी गर्ने बाहेक अन्यको कुने भूमिका नहुने उनको पनि मत छ । अन्तर्राष्ट्रिय रेफ्रि र मास्टर दुवै भूमिकामा रहेका उनी नेपाली तेक्वान्दोमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

राजुकै विचारमा नेपाली तेक्वान्दाको नेतृत्वका कारण अहिले यस नेपालमा यस खेल समस्यामा परेको छ । विकृति । विसङ्गतिको विरुद्धमा राष्ट्रिय तेक्वान्दो सङ्घको स्थापना भएको बताउने उनी अहिले राष्ट्रिय खेलकुद परिषद्ले गरेको निर्णय तेक्वान्दोको सुधारको पक्षमा रहेको पनि बताउँछन् ।  

 कोरियामा रहेका राजु त्यही बसेर पनि जी टु प्रतियोगितामा स्वर्ण पदक जित्दै कीर्तिमान राखेका थिए । नेपाली तेक्वान्दोमा धेरै योगदान गर्ने चाहना भए पनि नेतृत्व नै समस्या भएको उनको  पनि धेरै तेक्ब्वान्दोकर्मीको जस्तो नै मत छ । 

Comment