रमन र सङ्गीता दौडमा पहिलो 

 पुरस्कार विजेतासँगै आयोजक र अतिथिहरू

पोखरामा शनिवार सम्पन्न “प्रथम केपी ओली सडक दौड प्रतियोगिता” गोरखाका रमन भट्ट र पर्वतकी सङ्गीता विक पहिले भएका छन् । नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा गण्डकी प्रदेश संघले सो दौड आयोजना गरेको हो । सो दौडमा पुरुष तर्फको १० किमी दौडमा पहिलो हुने रमनले ३५ मिनेट १४.४२ सेकेन्डमा दुरी पार गरेका थिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दिनेश वोगोटी ३६ मिनेट.३९.४५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । उनले ७ हजार रुपैयाँ पाए । गोरखाका श्याम मगराती ३६ मिनेट २७.७९ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । उनले ५ हजार रुपैयाँ पाए ।

यता महिलातर्फको ५ किमी दौडमा पर्वतकी सङ्गीता विकले २१ मिनेट २९.४४ सेकेन्डमा दुरी पार गर्दै पहिलो भइन् । उनले ७ हजार रुपैयाँ हात पारिन् । दोस्रो हुने रश्मि रानाभाटले २१ मिनेट ४७.१७ मिनेटमा दुरी पुरा गरिन् । उनले ५ हजार रुपैयाँ पाइन् । प्रतियोगितामा सरिता गुरुङले २३ मिनेट २१.०५ सेकेन्डमा दुरी पार गरी तेस्रो भइन् । उनले ३ हजार रुपैयाँ पाइन् । 

दौडको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकोसका सह–इन्चार्ज रमेश कुमार पौडेल, नेकोसका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत ‘परशुराम’, गण्डकी प्रदेश एमाले उपाध्यक्ष एवम् पूर्व गण्डकी प्रदेश सांसद मोहन रेग्मी र  नेकोस उपमहासचिव शान्तामाया परियार लगायतले पुरस्कार वितरण गरेका थिए । 

 नेकोस गण्डकीका इन्चार्ज ऋषिराम गौतम, नेकोस गण्डकीका अध्यक्ष विष्णु पुन, प्रतियोगिता संयोजक बोधराज गिरी लगायत पनि उपस्थित थिए । 

Comment