काव्य स्कुलमा दौड

 बुद्धनगरस्थित काव्य स्कुलले ‘सबैका लागि शिक्षा’ भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरेको छ । गत शनिवार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालकै प्रथम पदक विजेता धावक जीतबहादुर के.सी. लगायत विद्यालयका संस्थापक प्रधानाध्यापक र निर्देशकज्यूहरू पनि उपस्थित थिए । उक्त कार्यक्रममा खेलकुद क्षेत्र लगायत समाजका विशिष्ट व्यक्तिहरूसमेतको उपस्थिति थियो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज  बास्कोटाले आगन्तुक पाहुना सबैलाई स्वागत गर्दै सबैका लागि शिक्षाका लागि दौडको महत्त्वमाथि प्रकाश पारे । कार्यक्रमको अन्त्यमा काव्य खेलकुद सप्ताह २०७९ का उत्कृष्ट खेलाडी बालबालिका र म्याराथन धावक अभिभावक सम्पूर्णलाई प्रमाणपत्र दिइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक गणेश दाहाल र प्रीतिका न्यौपानेले गरेका थिए ।
Comment