सुटिङमा खेलाडीको असन्तुष्टि

आसन्न एसियाली खेलकुदका लागि सुटिङको प्रशिक्षण आइतबार देखि हुने भनिए पनि सुरु हुन सकेन । प्रशिक्षणमा बोलाइएका खेलाडीको नामावली वैज्ञानिक नभएको भन्दै खेलाडीमा असन्तुष्टि देखिएको छ ।
हाइएस्ट स्कोरको आधारमा खेलाडी चयन हुनु पर्नेमा गत राष्ट्रिय प्रतियोगिताको पदकको आधारमा गरिएको कारण धेरै खेलाडीमा असन्तुष्टि बढेको हो ।
यस अघि पनि सुटिङ संघले एसियाडका लागि भन्दै बोलाएको प्रशिक्षणमा सबै टिममा ३ जनाको दरले सहभागिता नगराइए ८ महिला तथा ४ पुरुषलाई प्रशिक्षणमा बोलाएको थियो । अहिले प्रशिक्षण गर्ने समयमा समेत अध्यक्ष पुष्पदास श्रेष्ठको घरमा केही व्यक्ति बसेर मिलेमतोमा यो सबै भएको गुनासो खेलाडीहरूको छ ।
खेलका प्रशिक्षकलाई समेत बेवास्ता गरिएको  गुनासो समेत छ । यो शैलीले केही राम्रा खेलाडी बाहिर रहने निश्चित नै भएको जनाइन्छ । धेरै खेलाडीले शीर्ष ८ र यस अघि क्याम्पमा बसेका खेलाडीका बिच छनोट प्रतिस्पर्धा आवश्यक रहेको जनाइन्छ । यसै ढङ्गले चलेमा नेपाली सुटिङको अवस्था अझ दयनीय हुने जनाइन्छ ।
धेरै खेलाडीलाई सङ्घको निर्णय नै थाहा दिइने गरिएको छैन । ‘सङ्घका प्रतिनिधि नै नबेलाएर एउटा निश्चित समूहको मात्र कसरी प्रशिक्षण सञ्चालन हुन्छ ’ यसमा अध्यक्षले कुनै चासो लिएका छैनन् । नवौँ राष्ट्रिय खेलकुदमा  सामान बापतको रकम सुरुमा नदिए पनि समाचारमा प्रकाशित भए पछि केही खेलाडीलाई दिइए पनि सबै खेलाडीलाई दिइएको छैन ।
Comment