महालक्ष्मीका खेलाडीको बिदाइ

प्रथम बाग्मती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने महालक्ष्मी नगरपालिकाबाट प्रतिनिधीत्व गर्ने खेलाडी बिदाइ तथा शुभकामना प्रदान गरियो । सहभागी टोलीको प्रशिक्षकमा प्रेम दर्नाल तथा व्यवस्थापकमा रमन थापा छन् । सो प्रतियोगितामा थानेश्वर दर्लामी मगर रेफ्रिको रूपमा सहभागी हुने छन् ।
उनीहरूलाई मेयर हरि गोविन्द श्रेष्ठले बिदाइ गरे । बिदाइ समारोहमा महालक्ष्मी नगरपालिका ५ का कपिल केसी, महालक्ष्मी फिटनेस सेन्टरका अध्यक्ष राजन कुमार खड्का र समाजसेवी रविन प्याकुरेल लगायतको उपस्थिति थियो ।
Comment