सङ्घको काममा व्यक्तिगत मेल प्रयोग ,सबै कुरा गुपचुपमा गर्छन् अध्यक्ष श्रेष्ठ

नेपाली सुटिङका थप विकृति र विसङ्गतिहरू अहिले बाहिर आउन थालेका छन् । नवौँ राष्ट्रिय खेलकुदको समयमा खेलाडीको पोसाकको रकम नदिएको संघले अहिले केही व्यक्तिलाई बोलाएर दिन सुरु गरेको छ । लामो समयसम्म बे वास्ता गरेको संघले अहिले  यसको विरुद्धमा आवाज उठ्न थाले पछि आवाज उठाउने खेलाडीलाई दिन बोलाएको हो ।
सङ्घको नियत यत्तिमा छैन । सुटिङ सङ्घको कुनै पनि कुरा बैठकमा निर्णय गरेर हुँदैन । सबे खेलले अन्तर्राष्ट्रिय महासङ्घबाट सुविधा पाउने गरेको भए पनि सुटिङ संघले पाएको छैन । यसलाई सो खेलमा आबद्ध धेरैले आश्चर्यको रूपमा हेरेका छन् ।
एका तीर अन्तर्राष्ट्रिय समन्वयको काम अध्यक्ष पुष्पदास श्रेष्ठ आफैले गर्ने , निजी मेल तथा निजी कम्पनीलाई सुटिङको विषयमा उल्लेख भए पनि अन्तर्राष्ट्रिय सम्बन्धबाट नेपाललाई गुपचुप राख्नुले उनको नियत माथि स्वाभाविक प्रश्न उठ्न थालेको छ ।
खेलकुदको सामान्य प्रचलन अनुसार अफिसियल मेल आइडीका बारे केन्द्रीय कार्य समितिमा छलफल हु अनिवार्य छ । साथै केही व्यक्तिले सो प्रयोग गर्न पाउने गरी पनि निर्णय अनिवार्य मानिएको छ ।
यस खेलमा योगदान दिएको विगतका स्टारलाई खेल जीवन पछिको क्यारियरको बारेमा समेत सुटिङ संघले कुनै कदम चालेको छैन । यसले पनि सुटिङ खेलाडीलाई क्षुब्ध बनाएको छ ।
Comment