नेकोश भलिबल बुधवारदेखि 

रामेछापको सदरमुकाम मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ४ गतेबाट ७ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले सहभागिता जनाउने अध्यक्ष सीताराम कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले २ लाख, उपविजयीले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
Comment