नेपालगन्जमा प्रोफेसनल हाप्किडो हुँदै

नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा बाँके जिल्ला हाप्किडो सङ्घको सहकार्यमा प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ नेपालगन्जमा आयोजना हुने भएको छ । १३ र १४ माघमा नेपालगन्जमा आयोजना हुने प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिताले यस खेललाई नयाँ उचाइमा लैजाने विश्वास लिएको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रतियोगितामा ७ प्रदेश टिमका खेलाडीको सहभागिता हुने छ । यस राष्ट्रिय प्रतियोगिताको लागी गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा छनौट प्रक्रियाबाट खेलाडीहरूले सहभागिता जनाउने छन । यस राष्ट्रिय स्तरीय प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियलहरु गरी जम्मा ५००  जनाको सहभागिता रहने छ ।
प्रतिस्पर्धामा फाइट तर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
४०–४४, ४४–४८, ४८–५२, ५२–५६, ५६–६०, ६०–६४, ६४–६८, ६८–७२, ७२–७६, ७६+   तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तै सेल्फ डिफेन्स , डेमोष्ट्रेशन, हाईफल, लङ फल र विपन टेक्निकमा फ्री तौलमा पनि प्रतिस्पर्धा हुने छ । विजेता खेलाडीहरूलाई नगद पुरस्कार प्रमाण पत्र र मेडल प्रदान गरिने छ ।
प्रतियोगिता आयोजनाका लागि अनुमानित खर्च २० लाख रुपैयाँ रहेको छ ।
Comment