एनआरएन स“ग अनटिएफको सहकार्य प्रस्ताव

uuntf1nrn us1
मेरिल्याण्डमा

यूनिर्भसल युनाईटेड नेप्लीज तेक्वान्दो फेडेरेशन अनटिएफले नेपाली खेलकुदको विकासका लागि गैर आवसीय नेपाली संघ स“ग सहकार्य गर्ने प्रस्ताव गरेको छ । अमेरिकाको मेरिल्याण्डमा सम्पन्न अनटिएफको बैकठकले दुबै सस्था विश्वव्यापी भएकाले खेलकुदको विकासका लागि स“ग स“गै जान प्रस्ताव गरेको हो । बैठक एनटिएफका अध्यक्ष राजकुमार राईको सभापतित्वमा भएको थियो ।
अनटिएफका महासचिव लव गोर्खालीका अनुसार सस्थाको उद्धेश्य विश्वभर छरिएका तेक्वान्दोकर्मीलाई एकिकृत गर्दै नेपाली तेक्वान्दोको विकास गर्ने भएकाले र एनआरएन सग सहकार्य गर्दा उद्देश्य प्राप्तीमा सहज हुने भन्दै यस्तो निर्णय गरिएको हो । बैठक पछि अनटिएफका अध्यक्ष राईले  एनआरएन एनसीसी अमेरिकको तेस्रो साधरण सभामा सस्थाको बारेमा जानकारी गराएका थिए । साधरण सभामा एनटिएफकाको तर्फबाट तेक्वान्दो प्रर्दशनी गरिएको थियो । मास्टर कुमार कार्की सहित ओलम्पियनद्धय प्रमिला थापा र सिता राई,  राजु तिमिल्सिना,कृष्ण मुरारी खड्का, कल्पना कार्की, कृशा कार्की, क्यानडाबाट सतिश राई र आइटिएफका कृष्ण बलालले प्रर्दशनीमा भाग लिएका थिए ।
सोही अवसरमा एनआरएन एनसीसी अमेरिकाको तेस्रो साधरण सभाका लागि अनटिएफको तर्फबाट दुई हजार अमेरिकी डलर सहयोग प्रदान गरिएको थियो । अनटिएफका अध्यक्ष राजकुमार राईले एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीलाई रकम हस्तान्तरण गर्नु भएको थियो । यसै बीच बैठकले एनटिएफको दोस्रो साधरण सभा आगामी बर्ष अमेरिकाको पोर्टल्याण्डमा गर्ने निर्णय गरेको छ । सस्थाको पहिलो साधरण सभा गत बर्ष लण्डनमा भएको थियो । अनटिएफको मुख्य उद्देश्य विश्वभरी छरिएका तेक्वान्दो कर्मीलाई एकिकृत गर्दै नेपाली तेक्वान्दोको विकासमा एकमुष्ट सहयोग गर्ने रहको छ ।

Comment