आइओएफटीसीको एघारौ सस्करण पोटल्याण्डमा

friendship1
मेरिल्याण्ड   

अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप  आइओएफटीसीको एघारौ सस्करण अर्को बर्षको अक्टुवरमा अमेरिकाको ओरिगन राज्य स्थित पोर्टल्याण्डमा आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको तेस्रो बार्षिक साधरण सभाको अवसरमा आइओएफटीसीको मिति घोषणा गरिएको हो ।
आइओफटीसी हेडक्वाटरका महासचिव क्यारेन ब्ल्याकेज र डाइरेक्टर ग्राण्ड मास्टर दिवाकर मर्हजनद्धारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा च्याम्प्यिनसिप सन् २०१६ को अक्टुवर १४ र १५ मा पोर्टल्याण्डको ओरिगन कन्भिनेन्ट सेन्टरमा आयोजना गर्ने उल्लेख छ । डाइरेक्टर मर्हजनका अनुसार आगामी सस्करणमा ३० भन्दा बढी मुलुकका खेलाडीले भाग लिने अपेक्षा गरिएको छ । “च्याम्पियनसिप शुरु भएको १५ बर्ष भइसक्यो । हरेक सस्करणमा सहभागि हुने मुलुक र खेलाडीको सख्या बढ्दै गएको छ । पोर्टल्याण्डमा हामीले विश्वभरका खेलाडीलाई निम्ता दिएका छौ । अघिल्ला सस्करणहरुमा भन्दा यस पटक खेलाडीको सख्या पक्कै पनि बढ्ने छ ।”
च्याम्पियनसिपमा नेपाल सहित  अमेरिका, क्यानडा, यूके, जापान, दक्षिण कोरिया, भारत, अष्ट्रेलिया, पाकिस्तान, कोष्टारिका, मेक्सिको, कतार लगायतका मुलकुको सहभागिता रहेने छ । च्याम्पियनसिपमा सिनियरतर्फ महिला तथा पुरुष दुबै तर्फ समान आठ आठ तौल समुहमा प्रतिस्पर्धा गराइने छ । यस्तै जुनियरमा दश दश इभेन्ट रहने छन् । विश्वभरका ६ सय खेलाडीले आइओएफटीसीमा आ आफ्नो चुनौति पस्कने अपेक्षा गरिएको छ ।
सन् २००० मा नेपालबाट शुरु भएको च्याम्पियनसिपको दशौ सस्करण गत बर्ष बेलायतमा भएको थियो । हरेक दुई दुई बर्षमा आयोजना हुदै आएको च्याम्पियनसिप भारत र हङकङमा पनि आयोजना भइसकेका छन् ।

Comment