आँधीखोला स्पोर्टस् क्लब उपाधि नजिक

Manoj Shiama
28 March, 2015 6:41 am

आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ सातौं खैरेनीटार महोत्सवअन्तर्गत जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई सोझो तीन सेटमा पराजित गर्दै आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ उपाधि नजिक पुगेको हो। शुक्लागण्कडी विरुद्धको खेलमा उसले पहिलो सेटमा २५–२१, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१३ ले हात पारेको थियो।
शनिबार बिहान नौ बजे आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ र पञ्चासे आदर्श क्लब कास्कीबीच उपाधिको लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक इश्वर आलेमगरले जानकारी दिए। विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद ३० हजार, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।