अन्तरिम आदेश अन्तरिम आदेश दिइएन

उच्च अदालत पाटनले नेपाल तेक्वान्दो संघले दिएको निवेदनमा स्टे अर्डर जारी गरेको छैन । नेपाल तेक्वान्दो सङ्घको तर्फबाट अध्यक्ष प्रकाश समसेर राणाले दिएको रिटमा राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले कारण देखाऊ आदेश जारी भएको छ । यसमा अन्तरिम आदेश  आवश्यक भए या नभएको भन्ने विषयमा छलफलमा लागि झिकाउने भन्ने निर्णय भएको छ ।
तेक्वान्दो विवाद नयाँ मोडमा प्रवेश गरेको छ । तेक्वान्दो संघले मंगलबार विरोध प्रदर्शनको घोषणा गरे पनि राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले  मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठलाई तेक्वान्दो महासङ्घसँग समन्वय गर्दै काम गर्न अनुरोध गरेका छन् । यसै गरी मुख्य प्रशिक्षक श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै राणा नेतृत्वको तेक्वान्दो संघले आयोजना गरेको कुनै कार्यक्रममा सहभागिता नजनाउन प्रशिक्षकहरूलाई सर्कुलर जारी गरेका छन् ।
Comment