बाग्मती  राष्ट्रिय आइटीएफ च्याम्पियन

१२ औ राष्ट्रिय जुनियर आइटीएफ तेक्वान्दो च्याम्पियनसिप रामेछापको सुनापतीमा सम्पन्न भएको छ  । प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, ५ रजत तथा १ कांस्य पदक सहित पहिलो भयो । यसै गरी आयोजक सुनापती तेक्वान्दो एकेडेमी ६ स्वर्ण, ३ रजत तथा ४ कांस्य सहित दोस्रो भयो । लुम्बिनी प्रदेश ४ स्वर्ण, ४ रजत तथा ६ कांस्य पदक सहित तेस्रो भयो ।
प्रतियोगिताको महिला तर्फ प्रदेश –१ का कुसुम राजवंशी तथा पुरुष तर्फ सुदूरपश्चिमका रिजन शिवभक्ति उत्कृष्ट खेलाडी भए । यसै गरी बाग्मती प्रदेशकी सुस्मिता तामाङ राइजिङ स्टार भइन् । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ तथा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष गीता विष्टले पुरस्कार वितरण गरे । समापन समारोह आयोजक कमिटीका अध्यक्ष बाबुराम तामाङको सभापतित्वमा भएको थियो । २ दिने प्रतियोगिताको लागत रकम १३ लाख रुपैयाँ थियो ।
Comment