अभिषेकको दुई दशक लामो प्रशिक्षण यात्रा

 सदिना श्रेष्ठ, रूपक गुरुङ, समृद्धि राई र विनोद महर्जन लगायत अनेकन् नाम । हो यी नामको खेल जीवनमा कुनै नै कुनै समय नाम जोडिएका अर्थात् एउटै टोलीका रहेका अभिषेक बस्नेत ।
नेपाली बास्केटबलमा अभिषेक एउटा परिचित नाम हो । अथवा टोली बनाउने र टोलीलाई जितसम्म उन्मुख गराउन सक्ने एउटा व्यक्तित्व छ । हाल ललितपुरको कान्जीरोवा स्कुलमा नयाँ खेलाडी उत्पादनमा व्यस्त अभिषेकको प्रेरणामा २ दशक अगाडी नै रिब्स नेपाली बास्केटबलको महत्त्वपूर्ण र प्रभावशाली शक्तिको रूपमा स्थापित भएको थियो ।
४० बर्सिय अभिषेक सानै उमेरमा खेलाडी भन्दा प्रशिक्षकको रूपमा सक्रिय नाम थियो । ज्ञानोदय बालबाटीकामा अध्ययन गर्ने समयमा नै राम्रो खेलाडी अभिषेकलाई पहिलो खुड्किलो पार गर्ने क्रममा रिब्सबाट गरेका थिए, जहाँ अहिलेकी बास्केटबल आइकन ‘सदिना श्रेष्ठ’ को उदय भएको थियो ।
अभिषेकलाई नजिकबाट चिन्नेहरू पुरानो स्टार जमघट गर्ने भन्दा पनि नयाँ संरचनामा टोली बनाउन सक्ने खेलाडीको रूपमा उनलाई चिन्ने गरेका छन् । सन् २००६ र २००७ को समयमा अभिषेकको प्रशिक्षक जीवनले नयाँ पाइला लिएको थियो । विद्यालय तह मात्र होइन त्यसमा समयमा उनी क्लब तहमा पनि त्यत्तिकै व्यस्त थिए । सन् २००८ र २००९ को समयमा उमेर समूहको राष्ट्रिय टोलीको जिम्मेवारी उनका लागि अर्को महत्त्वपूर्ण पाटो बनेको थियो ।
यो दुई वर्षको अनुभव सँगाल्दै उनी नयाँ पिँढीका खेलाडीलाई एउटै कुरा मात्र भन्न चाहन्छन्,‘ मेहनत गर्दै जाँदा पक्कै दिन आउँछ ,.।’ बास्केटबल दुनियाँका उनका आफ्नो केही अनुभव छन् । ‘ बास्केटबलमा सक्रिय रहँदा जीवन यापनका लागि खासै समस्या हुँदैन । सबैबाट सम्मानजनक व्यवहारको अनुभव हुन्छ । ’ अभिषेकले भने जस्तै अहिले नेपालका सहरी क्षेत्रमा बास्केटबल अपरिहार्य भएको छ ।
नेपालमा अहिले बास्केटबलमा लामो फड्को मारेको छ । क्लब स्तरीय प्रतियोगिताको स्वरूप तयार भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा आंशिक सफलता पाएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त राजधानी सहरको शिक्षा क्षेत्रको मुख्य खेलको रूपमा स्थापित भएको छ ।
रोयल स्पोर्ट्स लगायत व्यावसायिक क्लब देखिएका छन् । आगामी यात्रा सुन्दर र लोभलाग्दो हुन सक्छ । तर, आजको नेपाली बास्केटबलको यो संरचना विगत देखिनै धेरै व्यक्तिको पसिनाले सिञ्चित छ । जसलाई अब आउने पुस्ताले पनि सम्झने छ । त्यसतै पछिल्लो पुस्ताले सम्झनै पर्ने एउटा नाम बनेको छ, अभिषेक बस्नेत ।
Comment