राष्ट्रिय आइटीएफ रामेछापमा

१२ औ राष्ट्रिय जुनियर तेक्वान्दो आइटीएफ प्रतियोगिता ९ र १० पुसमा रामेछापको सुनापती गाउँपालिकामा हुने भएको छ । गाउँपालिका केन्द्रमा हुने प्रतियोगितामा स्पाइरिङमा १६ तथा प्याट्रनमा १० गरी २६ स्वर्ण पदक समावेश गरिएका छन् ।
प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरूको सहभागिता हुने छ ।
जुनियर खेलाडीलाई प्रेरित गर्दै भविष्यमा पनि खेलकुदको भरपर्दो आधार तयार गर्न सकिने आयोजकले जनाएको छ । हरेक खेलकुद सङ्घ र राज्यले जुनियर प्रतियोगितामा ध्यान दिए यसले भरपर्दो आधार तयार गर्ने आयोजक कमिटीका अध्यक्ष बाबुराम तामाङले बताए । प्रतियोगिताको लागत १३ लाख रुपैयाँ अनुमान गरिएको छ ।
Comment