च्याम्पियन्समा खेलाडी सम्मान तथा बेल्ट टेस्ट

च्याम्पियन्समा मार्सल एकेडेमीले हालै मलेसियामा भएको च्याम्पियनसिपमा पदक पाउने खेलाडीलाई सम्मान गरेको छ । आइतबार एकेडेमीमा भएको कार्यक्रममा बेल्ट टेस्ट कार्यक्रम समेत भएको थियो । कार्यक्रम नागार्जुन नगरपालिका –१ का अध्यक्ष रामेश्वर लामाको प्रमुख आतिथ्य तथा एकेडेमीको निर्देशक सुशीला लामाको उपस्थितिमा भएको थियो ।
बेल्ट टेस्ट पृथ्वी बहादुर श्रेष्ठले गरेका थिए । करातेमा ६० तथा तेक्वान्दोमा ६० जना खेलाडीको बेल्ट टेस्ट भएको थियो ।
Comment