यूथ भलिबल टोलीको छनोट
Manoj Shiama
11 December, 2022 7:50 am
बङ्गलादेशमा २० देखि २६ डिसेम्बरमा आयोजना हुने यु–२३ वङ्गबन्धु एसियन सी जेड पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको छनोट भएको छ । एक महिने क्याम्पमा रहेका २० मध्येका १४ खेलाडी छनोट भएका हुन् ।धिरोज कुमार बस्नेत,रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट् भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ छनोट भएका छन् ।