मलेसियामा नेपाललाई ५ स्वर्ण पदक

मलेसियाको क्वालाम्पुरमा आइतबार सम्पन्न सातौँ केएल मेयर कप कराँते प्रतियोगितामा सहभागी नेपालको च्याम्पियन्स मार्सल आर्ट एकडे मीले ५ स्वर्ण,३ रजत तथा ३ कांस्य पदक जितेको छ ।
सिनियर ब्वाइज ६० किलोमा विजय श्रेष्ठ,जुनियर ६८ किलो ब्वाइज जुनियरमा अनिल बराम ५३ किलो जुनियर र्गल्समा निमा तामाङ,जुनियर र्गल्स ५९ मा आयुस्मा बलामी मगर र सिनियर ६८ किलोमा डाइना ओझा स्वर्ण पदक जिते ।
ब्वाइज ५५ किलो सिनियरमा यम बहादुर समाल,सिनियर र्गल्स ५० किलोमा मिस्ली श्रेष्ठ र सिनियर कातामा युनिका मगरले रजत पदक जिते ।
सिनियर ब्वाइज ६० किलोमा सुबिन खत्री,सिनियर ब्वाइज ८४ किलोमा आशिष धामी र सिनियर ब्वाइज कातामा  मनिस सोनकरले कांस्य पदक जिते ।
Comment