राष्ट्रको तेक्वान्दो मोह

daraj taekwondo rastra rai
बेलायतमा रहेका तेक्वान्दो प्रशिक्षक राष्ट्र राइको नेपाली खेलकुद मोह त्यत्तिकै छ । बेलायतमै तेक्वान्दो डोजांग सञ्चालन गरिरहेका राष्ट्रले सगरमाथा तेक्वान्दो डोजांगकै नामबाट बेलायतमा नेपाली तेक्वान्दोको साखलाई कायम राखेका छन् ।  नेपालमा रहेको सगरमाथा तेक्वान्दो डोजांगको शाखा पनि त्यत्तिकै सक्रिय छ । डोजांग प्रमुख अजुन भक्त राइको नेतृत्वमा रहेको बानेश्वर स्थित सगरमाथा डोजांगले थुप्रै प्रतिभासाली खेलाडी उत्पादन गरिरहेको छ भने यस पटक आफैले प्रतियोगिता आयोजना गर्ने तयारी पनि गरेको छ ।
राष्ट्रले थुप्रै तेक्वान्दो सामग्री पनि आसन्न प्रतियोगिताको तयारीका लागि बेलायतबाट पठाइसकेका छन् । चैत २९ र ३० गते हुने प्रतियोगिताका लागि राष्ट्रले पनि सहयोग सुरु गरिसकेका छन् । यस क्रममा उनले कप बोर्ड र तेक्वान्दो राख्ने दराज लगायतका सामान पठाइसकेका छन् । उनी थप सहयोगको प्रतिबद्धता समेत गर्छन् । साथै उनले नेपाली तेक्वान्दो विकासका लागि कुनै पनि ढंगको सहयोग गर्न पछि नपर्ने जनाएका छन् । लगायत सामग्री पठाइसकेका छन् । विदेशमा रहेर पनि उनले नेपाली तेक्वान्दोलाई उत्तिकै साथ दिइरहेका छन् । नेपाल शाखाका अर्जुन भन्छन्, “ मास्टर राष्ट्र राइको सहयोग र सद्भाव साच्चै उदाहरणीय छ । ”

राष्ट्रको साथमा  सगरमाथा युके तेक्वान्दो डोजांग परिवारका सबै सदस्य नेपाली तेक्वान्दो विकासमा उत्तिकै प्रतिबद्ध छन् । मास्टर राष्ट्रले तेक्वान्दो विकासकालागि गर्ने हरेक सहयोगमा सगरमाथा युके तेक्वान्दो डोजांग परिवारले नै उत्तिकै साथ दिएका छन् । यसै कारण मास्टर राइ सबै टिमको सहयोगको कारण आफूले नेपाली तेक्वान्दो विकासमा सहयोग गर्न सकेको बताउछन् ।

Comment