खुल्ला पुरुष भलिबल प्रतियोगितामा आ“धीखोला स्पोर्टस् क्लब र पञ्चासे आदर्श क्लब विजयी

पोखरा
तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा जारी सातौं खैरेनीटार महोत्सवअन्तर्गत जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ र पञ्चासे आदर्श क्लब कास्की विजयी भएका छन्।
सोमबार भएको पहिलो खेलमा आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङले आदर्श क्लब भुरुड्डे तनहुँ बी लाई सोझो तीन सेटमा पराजित ग¥यो।बेस्ट अफ फाइभका आधारमा खेलाइएको सो खेलमा उसले आदर्श बी लाई पहिलो सेट २५–९, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–११ ले हराएको थियो।
दोस्रो खेलमा पञ्चासे आदर्श क्लब कास्कीले भानुमती गाविस तनहुँलाई सोझो तीन सेटमा पाखा लगायो। उसले भानुमतीलाई पहिलो सेट २५–२२, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२० ले पराजित गरेको थियो। जीतसँगै पञ्चासे आदर्श क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

मड्डलबार जलदेवी क्लब ए र शुक्लागण्डकी नगरपालिकाबीच बिहान साढे सात बजे पहिलो तथा आदर्श क्लब भुरुड्डे तनहुँ ए र नवयुनाइटेड क्लब खैरेनीटारबीच साढे नौ बजे दोस्रो खेल हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सहसचिव राजकुमार गुरुङले जानकारी दिए। प्रतियोगिताको उद्घाटन नेपाल भलिबल सङ्घका कार्यबाहक अध्यक्ष यामबहादुर गुरुङले गरेका थिए।
चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद ३० हजार, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

Comment