सरस्वतीलाईलाई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् । शनिवारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सट पुटका इभेन्टहरू सकिएका छन् ।
पोखरा रङ्गशालामा शनिवार सम्पन्न एक हजार ५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए । आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । एपिएफका अजित यादव र नागेश्वर अहिरले कास्य र रजत पदक प्राप्त गरे । अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दुरी पार गरे ।
महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट ३८.१९ सेकेन्ड पुरा गरेकी हुन् । रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले े ५ मिनेट ०३.८० सेकेन्डमा दुरी पार गर्दै कास्य पदक हात पारिन् ।
सट पुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते । तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते ।
१०० मिटर दौडको पुरुषतर्फ एपिएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते । स्वर्ण पदक जित्ने क्रममा सरस्वतीले १२दशमलव १२ सेकेन्डको राष्ट्रिय कीर्तिमान समेत कायम गरिन् । शिवराजले आर्मीका युवराज विकलाई हराउँदै स्वर्ण जितेका हुन् । युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते ।
Comment