महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भलिबल प्रेमी दर्शकको भिडका बिच भएको भएको गण्डकीले सुदूरपश्चिम प्रदेश माथि  २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन । भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन ।
महिला भलिबलमा सात प्रदेश ३ विभागीय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिमका खेलाडीहरूको सहभागिता रहेको थियो । शुक्रवार महिला भलिबल अन्तरगत तीन खेल हुँदै छन् । असोज २८ गते शुक्रवार बिहान ८ बजे समूह १ को सशस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनी बिच हुने महिला भलिबल प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।
महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए ।
Comment