ह्यान्डबलको सेमिफाइनल समीकरण पुरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्यान्डबलमा सेमिफाइनल समीकरण पुरा भएको छ । सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएका हुन् । समूह एमा गण्डकीले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । गण्डकी र सेनाको अङ्क समान भए पश्चात् गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो । त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
महिला तर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अव सेमिफाइनलमा एपीएफले समूह बिको उपविजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बिको विजेता नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहीबार पोखरा बहुउद्देश्यीय कभर्ड हलमा भएको पुरुष ह्यान्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो । गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ र वासु गुरुङ तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६÷६ गोल गरे ।
पुरुषकै दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कर्णालीका लागि केशव विष्टले सर्वाधिक १३ गोल गरे । पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित गरेको छ । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।
महिला तर्फको खेलमा कर्णाली प्रदेश विजयी भयो । कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । कर्णालीकी सङ्गीता सिंहले ४ गोल गरिन् । यस्तै प्रदेश –१ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले हरायो । प्रदेश– १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिचको खेलमा गण्डकीले सफलता पायो । गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृति गुरुङले ७ गोल गरिन् ।
महिला क्रिकेट ः एपीएफ र मधेस प्रदेश विजयी
नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेस प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् ।
बिहीबारको पहिलो खेलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले हरायो । पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै प्राप्त ग¥यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।
खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । सृष्टि जैसीले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरि थापा, निशा भट्ट र सिता राना मगरले १–१ विकेट लिए । गण्डकीका सृष्टि जैसीले १ विकेट लिइन् ।
जितसँगै एपीएफ ग्रुप ए को शीर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हासिल गर्दै ४ अङ्क जोडेको छ ।
बिहीबार भएको दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार ग¥यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेस प्रदेश विजयी भएको हो ।
बिहीबारको खेलमा मधेस प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भइन् । उनले मदेसका लागि ३५ रनको योगदान दिइन् । त्यस्तै गोमा आलेले १० रन बनाइन् । मदेसका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले समान २÷२ विकेट हत्याए ।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।
Comment