बागमती आइटीएफ टोलीको बिदाइ 

बागलुङमा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदमा भाग लिन बागमती प्रदेश, नेपाल आइटीएफका २५ जना खेलाडी त्यस जिल्लातर्फ प्रस्थान गरेका छन् ।
बागमती प्रदेश, नेपाल आइटीएफकी उपाध्यक्ष तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन, खेलकुद विभाग, बागमती प्रदेशकी संयोजक तुलसी थापा मगरले बिदाइ समारोह आयोजना गर्दै खेलाडीलाई शुभकामना दिएकी थिइन् ।
Comment