वडा दसैँ महाभिडन्तको तयारी पूरा

नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दसैँ महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शनिवार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदै छ ।
प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।  हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट ९महिला० विजेताले ६५ हजार, लाइटवेट ९पुरुष० विजेताले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, स्पाइडर म्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्ट लगायतका रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
Comment