प्रदेश खेलकुदको भूमिकामा प्रदेश तेक्वान्दोको असन्तुष्टि 

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि बाग्मती प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको छनोट प्रतियोगितामा बाग्मती प्रदेश तेक्वान्दो संघले आपत्ति व्यक्त गरेको छ । प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीले १९ भदौमा सूचना प्रकाशित गर्दै २० र २१ भदौमा प्रतियोगिता आयोजना हुनुका बाबजुद १२ असोजमा अर्को पटक छनोट  हुनुलाई दुखद भनेका छन् ।
अध्यक्ष पुरीबाट हस्ताक्षरित विज्ञप्तिमा २० र २१ मा भएको छनोट प्रदेश खेलकुद विकास परिषद्द्वारा गठित प्राविधिक उप समितिले नेपाल तेक्वान्दो सङ्घ र बाग्मती प्रदेश तेक्वान्दो सङ्घको समन्वयमा छनोट भएको जनाइएको छ ।
११ असोजमा नै बाग्मती प्रदेश तेक्वान्दो संघले सो छनोटमा नेपाल तेक्वान्दो सङ्घमा आबद्ध खेलाडी तथा प्रशिक्षकलाई आबद्ध नहुन समेत सर्कुलर जारी गरेको थियो ।
प्रदेश तेक्वान्दो सङ्घबाट प्राप्त जानकारी अनुसार नेपाल तेक्वान्दो सले उपाध्यक्ष भानु चन्दको नेतृत्वमा डेलिगेसन गएर राखेप सदस्य सचिव टङ्क लाल घिसिङसँग भेट गरेको छ ।
प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष पुरीले प्रदेश सदस्य सचिव सूर्य लाल भण्डारीको  भूमिका तेक्वान्दो विकासमा प्रतिकुल रहेको बताएका छन् ।
Comment