ब्याडमिन्टन टोलीको  बिदाइ

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले बिदाइ गरे ।
सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुने टोलीको नेतामा नेपाल ब्याडमिन्टन सङ्घका सदस्य छवि लाल शाही रहेका छन् । यस्तै खेलाडीहरूमा डेभिड थापा मगर, सुरज गुप्ता, कबिर के.सी., साहिलचन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् । टोलीको प्रशिक्षक जितेन्द्र शर्मा छन् ।

नेपाली टोलीले यु १५ र यु १७मा महिला तथा पुरुष एकल र युगल, मिक्स युगल र मिक्स टिम ईभेन्टस्मा प्रतिस्पर्धा गर्ने सङ्घका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।
Comment