थापा अर्को तीन महिना फुटबलबाट टाढा

Ganesh thapa in press meet
बिश्व फुटबल महासंघ ( फाीफा)ले अअिल नेपाल फुटबल संघ – एन्फाका) अध्यक्ष गणेश थापा माथिकाृ छानबीन नसकिएकाले थप ९० दिन  स्थगनमा रहन निर्देशन दिएको छ । थापा यस अघि फीफाको इथीक कमिटीले १२० दिन फुटबलको पदीय जिम्मेवारीमा रहेर काम नगर्न निर्देशन गरेको थियो । त्यो अबधी ३ मार्चमा सकिएको थियो । थापाको निश्क्रियताको अबधी ३० मार्च देखि लागु भएर अर्को ९० दिन रहने छ ।
थापा नेतृत्वमा नेपाली फुबटलमा भ्रस्टाचारमा फसेको कुनै ढंगको विकास हुन नसकेको, लगायत मुद्धामा उपाध्यक्ष कर्मा छिरिंग शेर्पा, विजय नारायण मानन्धर,किशोर राइ र पंकज नेम्बागले सुरु गरेको विद्रोह अभियानको असर फीफाको इथीक कमिटीसम्म पुगेको हो । यस अघि पनि थापाको १९ बर्षे शाषनकालमा विभिन्न समयमा उनको विरुद्धमा मोचाएबन्दी भए पनि थापा फीफाको हवाला दिदै सुरक्षित रहेका थिए । यस पटक पनि नेपालमा विरोधी स्वर उठ्न थाले पछि आफ्नो नेतृत्वदायी भुमिका हस्तक्षेप भए फीफाले नेपाललाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

Comment