शिरीष फाउन्डेसन र सुषमा बिच सम्झौता

पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना गरिएको शिरीष फाउन्डेसनले बक्सिङ खेलाडी सुषमा तामाङलाई सहयोग गर्ने सम्बन्धमा आइतबार एक कार्यक्रमबिच सम्झौता गरेको छ । सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष एवं शिरीषका माता सपना गुरुङ र खेलाडी सुषमा तामाङले हस्ताक्षर गर्नुका साथै सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौता पत्रका अनुसार फाउन्डेसनले सुषमालाई प्रतियोगितामा  हौसलाका लागि मासिक १५ हजार उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने लगायत सम्झौता भएका छन् ।
कार्यक्रममा बोल्दै सुषमाले खेलाडी सिरिसले आफू जस्तै उदीयमान खेलाडीहरूलाई हौसला तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले जुन कार्य गरेका छन् त्यसले खेलाडीहरूको मनोबल बढ्नुका साथै खेलको स्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै फाउन्डेसनलाई धन्यवाद प्रदान गरिन् । यस अघि फाउन्डेसनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङसँग सम्झौता गरेको थियो ।
Comment