बाग्मती आइटीएफ छनोटमा सिन्धुलीको स्तरीय प्रदर्शन

हेटौडामा सम्पन्न बाग्मती प्रदेश छनोट आइटीएफका पहिलो पटक सहभागी सिन्धुली जिल्लाले १ स्वर्ण, ४ रजत तथा ६ कास्य पदक जितेको छ  । रञ्जु पुलामी मगरले स्वर्ण जितेको खेलमा पूजा खुलाल मगर ,मन्दिरा श्रेष्ठ,प्रवीण लामा र सुमित खुलाल मगरले रजत पदक जिते  ।
यसैगरी,कमल खाती, विमल खाती ,काजल महतो, शेर बहादुर आले,डोमा लामा र  रञ्जना टोलांगेले कास्य पदक जितेको सिन्धुली जिल्ला आइटीएफकी अध्यक्ष  पूजा खुलाल मगरले जानकारी दिएकी छिन् ।
Comment