चन्द भलिबल सङ्घको अध्यक्षमा निर्वाचित 

निरोज मास्केलाई पराजित गर्दै जितेन्द्र बहादुर चन्द नेपाल भलिबल सङ्घको अध्यक्षमा निर्वाचित भए । बुधवार भएको चुनावी साधारण सभामा मनवीर छन्त्याललाई हराउँदै रोशन श्रेष्ठ महासचिवमा चुनिए ।
प्रदेशका १ का मदन खड्का, मधेस प्रदेशका उपेन्द्र यादव,गण्डकीका यम बहादुर गुरुङ,लुम्बिनीका भीम ओली र सुदूर पश्चिमका हर्क सिंह धामी उपाध्यक्षमा निर्विरोध भए । बाग्मतीका गौतम प्रसाद लासिबा ज्योति केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भए ।
रिता कोइरालालाई हराउँदै श्यामकृष्ण श्रेष्ठ कोशाध्यक्षमा निर्वाचित भए । मधेस प्रदेशका मोहम्मद फिरोज,बाग्मतीकी सुन केशरी माली,गण्डकीका श्रीधर शर्मा,कर्णालीका सोम बहादुर श्रेष्ठ र सुदूर पश्चिमका गणेश सिंह ठगुन्ना सचिव भए । १ नं प्रदेशमा विश्व धिमाललाई हराउँदै विनोद सुबेदी तथा लुम्बिनीमा दीपक जिएमलाई हराउँदै धक बहादुर मिदुन सचिव भए ।
अन्जु श्रेष्ठ,चन्द्र बदना राई, गङ्गा थापा श्रेष्ठ, जुनु पुन र प्रवीण श्रेष्ठ सदस्यमा निर्वाचित भए । कुमार राई, राज कुमार गुरुङ,राज बहादुर खड्का, जितेन्द्र श्रेष्ठ, दीपक लामा र दिनेश श्रेष्ठ पनि सदस्यमा निर्वाचित  भए ।
Comment