खेलकर्मीका लागि सहयोगी सुर्य

surya1

मध्यपूर्वको युरोपेली देश इजरायल। एकदमै सानो भुभाग । कम जनसंख्या । त्यसै देशमा नेपालीको आकर्षण बढ्दो छ । लगभग १६ हजार नेपालीको माझमा काठमाडौ कुलेश्वरका सुर्य सिम्खडा पनि त्यही रहे । सामान्य नेपालीको विदेशीनुको पहिलो कारण र चाहना  आर्थीक समृद्धी नै हो । उनी पनि पृथक भएनन् । इजरायलमै रहदा त्यहाको समृद्धीले मात्र उनलाई छोएन । मानबीय सम्बेदनाले पनि उनलाई छोएन । अन्य नेपालीलाई सहयोग गर्ने चाहना बढ्न थाल्यो । पछिल्लो केही बर्ष सत्य साइ सेन्टरमा रहेर उनले मानबीय सम्बेदनाको काम पनि गर्न थाले ।
इजरायलमा नपुग्दो त कही छैन । पैसा छ । समृद्धी छ । सामाजीक सुरक्षा छ । मध्यपूर्वमा रहेको कारण द्धन्दको असर त छ  । तर, बढ्दो प्राबीधीक विकासले त्यो समस्यालाई पनि पर पुर्याएको छ । आकासमा बज्ने सायरन र घरमा रहेको लुक्ने ठाउका कारण सुरक्षित छन्, उनीहरु ।
सुर्यको जिवन भने अहिले पृथक बनेको छ । सामाजीक जिवनमा सचेत । कसैले केही सृजनात्मक काम गनृ चाह्यो भने सहयोग गर्ने उनको आदत बनेको छ । आध्यात्मीक पथमा लागेको उनी धेरै समय साइ सेन्टरमा विताउछन् । अनी नेपालीलाई परेको सहयोगमा जुट्छन् । इजरायलमा समस्यामा परेकालाई सहयोग गर्न लागी पर्ने उनी नेपालमा पनि यसै खाले गतीबीधीमा सक्रिय छन् । प्राय प्रसासनीक जानकारी नभएका कारण विदेशमा नेपाली अप्ठेरोमा पर्ने उनको अनुभब छ ।
उनले नेपालीको जिवनलाई आधार मानेर तयार पारेको गोर्खाज डटर इन् इजरायल नामक डकुमेन्ट्री अत्यन्त चर्चीत भएको थियो । यसैगरी फुटबल सम्बन्धी पहिलो नेपाली चलचीत्र र्वल्डकप इन नेपाल इजरायलमा देखाउन पनि उनको भुमिका महत्वपूर्ण रहेको थियो । नेपालमा एक मृगौला असफल भएको बिमारीको उपचारमा इजरायलबाटै खर्च जुटाउन उनी सक्रिय भएका थिए । एक पटक दिप शिखर ओली र सिता बीसीको उपचारका लागि उनले ८ लाख  रुपिया उठाएर नेपाल पठाएका थिए ।
एउटा असल मान्छे कित खेलकर्मी हुन्छ । कि खेल समर्थक । उनी पनि खेल समर्थक । इरायलमा बेला बेलामा नेपाली जम्मा भएर रमाइलोका लागि खेलिने खेलमा उनी पनि सक्रिय हुन्छन् । ठूला खेल प्रतियोगिता हुदा प्रोजेक्टर राखेर हेर्ने चलन छ । समय समयमा हुने खेल प्रतियोगितामा उनी सरिक हुन्छन् । मानबीय संबेदनाले भरिएका सुर्यको चाहना नेपाली खलकर्मी आर्थीक समस्यामा छ भने प्रशिक्षणमा सहयोग गर्ने र सृजनात्मक सोच हुनेलाई सहयोग गर्ने रहेको छ । यसका लागि उनी तयार रहेको बताउछन् ।

Comment