काठमाडौँका आइटीएफ खेलाडी छनोट 

आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि बाग्मती प्रदेशको छनोटका लागि काठमाडौँबाट सहभागिता जनाउने खेलाडीको टुङ्गो लागेको छ । काठमाडौँबाट छनोट हुने खेलाडीमा पुरुषको ५० केजीमा सुमन चौधरी,५५ केजीमा शिवब घर्ती, ६० केजीमा अनिल तामाङ, ६५ केजीमा अभिषेक राई र ७० केजीमा कर्साङ दोर्जे स्याङतान छनोट भए । यसै गरी, ७५ केजीमा डेभिड घले, ८० केजीमा राम शरण खनाल , ८५ केजीमा मनलाल श्रेष्ठ र ८५ केजी माथिको तौल समूहमा सरोज ठकुरी छनोट भए ।
प्याट्रन तर्फ कालो पेटीमा अजय श्रेष्ठ, रातो पेटीमा उमेश श्रेष्ठ, दोस्रो डानमा अनीश श्रेष्ठ र तेस्रो डानमा ललित सुनार छनोट भए । निलो पेटीमा निकेश कार्की छनोट भए ।
महिला तर्फ ४५ केजीमा रश्मि थापा मगर, ५० केजीमा सचिना सुनुवार, ५५ केजीमा निशा पुलामी मगर, ६० केजीमा चुङना शेर्पा, ६५ केजीमा शितास्मा पाण्डे, ७० केजीमा डोल्मा गुरुङ र ७० केजी भन्दा माथि सियना श्रेष्ठ छनोट भए ।
प्याट्रन तर्फ रातो पेटीमा अदिश्री निरौला,कालो पेटीमा स्वस्तिका प्रजापति र दोस्रो डानमा मनीषा चौधरी छनोट भए ।
Comment