सिन्धुलीका आइटीएफ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुदका लागि बाग्मती प्रदेश छनोटमा सहभागी हुने सिन्धुलीका खेलाडीको टुङ्गो लागेको छ । पूजा खुलाल मगरको संयोजकत्वमा सम्पन्न भएको छनोट प्रतियोगिताबाट १४ पुरुष तथा महिला खेलाडी छनोट भएका छन् ।
छनोट हुनेमा महिला ४५ केजीमा अबिना राई, ५० केजीमा रञ्जु पुलामी मगर, ५५ केजीमा रञ्जना तोलांगे ,  ६० केजीमा कानल महतो, ६५ केजीमा मन्दिरा श्रेष्ठ र ६५ केजीमा माथि मनीषा गोले छन् ।
प्याट्रन तर्फ निलो पेटीमा रञ्जिता खत्री,रातोमा सोनु  खुलाल मगर,कालोमा रञ्जना तोलांगे , कालो पेटी दोस्रो डानमा यशोदा खुलाल. मगर र तेस्रो डानमा पूजा खुलाल मगर छन् ।
पुरुष तर्फ ५० केजीमा विमल खाती,५५ केजीमा सन्तोष  गुरुङ,६० केजीमा विकास थापा मगर,६५ केजीमा  रोशन गुरुङ,७० केजीमा निकेश भुजेल,७५ केजीमा सुजन पुलामी मगर र ८० केजीमा सुमित खुलाल मगर छनोट भए । यसै गरी, ८५ केजीमा जीवन खुलाल मगर ८५ केजी माथि कमल खाती छनोट भए ।
प्याट्रनमा निलो पेटीमा नरेश तोलांगे,रातो पेटीमा मदन पुलामी,र कालो पेटीमा अशोक खुलाल मगर छनोट भए । यसै गरी , दोस्रो डानमा प्रवीण लामा र तेस्रो डानमा लक्ष्मण बहादुर थापा छनोट भए ।
Comment