केन्बुकान खेलाडीको सम्मान

जेकेएफ ताकुजी केन्बुकान कराँतेको बेल्ट टेस्ट तथा खेलाडी सम्मान कार्यक्रम लमजुङमा सम्पन्न भएको छ । ५ सय ५० जना खेलाडीको उपस्थितिमा भएको कार्यक्रममा २ सय ८० जनाले बेल्ट टेस्ट दिएका थिए ।
सोही कार्यक्रममा राष्ट्रपति कपमा स्वर्ण पदक पाउने प्रीति रुम्बा र कांस्य पदक पाउने सुमिना तामाङलाई नगद पुरस्कार सहित सम्मान गरियो । यी खेलाडीलाई शिला तामाङले प्रशिक्षण दिएकी छन् । प्रीतिलाई १७ हजार, सुमिनालाई ५ हजार तथा सिलालाई ७ हजार रुपैयाँ प्रदान गरिएको हो ।
कार्यक्रममा सङ्घका केन्द्रीय कमिटीका पदाधिकारीको पनि उपस्थिति थियो ।
Comment