सेमिनार तथा कोर्स सुरु


राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको आयोजनामा पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रवारदेखि सुरु भएको छ ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले एक कार्यक्रमबिच उद्घाटन गरे । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ जना सहभागी छन् ।
आयोजक सङ्घका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य सम्राट कुसारी, सङ्घका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ, सङ्घका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति थियो ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

Comment