दोस्रो आइटीएफ ललितपुर च्याम्पियनसिप शुक्रवार

दोस्रो ललितपुर आइटीएफ तेक्वान्दो च्याम्पियनसिप शुक्रवार आयोजना हुँदै छ । यो आसन्न नवौँ राष्ट्रिय खेलकुदमा लागि जिल्ला छनोटको सुरुवाती चरण पनि हुने छ । यस प्रतियोगिताबाट नै प्रदेश छनोटमा प्रतिस्पर्धा गर्ने ललितपुरका खेलाडीको चयन हुने छ ।
प्रतियोगिताको तयारी पुरा भएको आयोजक कमिटीका संयोजक कृष्ण राजथलाले जानकारी दिए ।
Comment