तेक्वान्दो टोली हङकङ तर्फ

norbu hongkong
हङकङमा हुने १९ औं एसियाली सिटिस तेक्वान्दो च्याम्पियनसिपमा सहभागीहुन ३ खेलाडी सहित ६ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।
मार्च २१ र २२ माहुने प्रतियोगितामा तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ६३ केजीमाथि मनीता शाही, ५७ केजीमाथि रेखमाया गुरुङ र ४९ केजीमुनि अस्मिता खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोली नेतामा नोर्बु लामा, प्रशिक्षकमा कुमार लामा घिसिङ तथा व्यवस्थापकमा मनोज खड्गी छन् । टोलीलाई तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङ लगायतले बिहीबारै बिदार गरे ।

Comment