आर्मीको विजयी सुरुआत

विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेको छ ।
नखिपोट यूथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे ।
नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शङ्करदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ लाई ६२–५५ ले हरायो । विजयी टिमका लागि मनीषले ३१ स्कोर गरे ।
प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् । सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष २ टिम पुनः उपाधिका लागि भिड्ने छन् ।
र्गल्समा आयोजक नखिपोटले कीर्तिपुरलाई ४८–१८ ले पन्छायो । विजेताकी समीक्षा न्यौपानेले १० अङ्क जोडिन् ।
पुरुषमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।
Comment