रामेछाप आइटीएफमा धनराज

नेपाल आइटीएफ रामेछापको गत साता सम्पन्न अधिवेशनले धनराज तामाङलाई अध्यक्षमा चयन गरेको छ । युवा परिषद्का पूर्व अध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्य तथा सुनापती गाउँपालिकाका प्रमुख ठुलो कान्छा तामाङ र खाँडा देवी गाउँ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङ कार्यक्रमका विशेष अतिथि थिए ।
अधिवेशनले धनराज तामाङलाई अध्यक्ष रमा घिसिङलाई उपाध्यक्ष तथा सपुत मोक्तानलाई सचिवमा चयन गरेको छ । मोती लाल घिसिङ कोशाध्यक्ष भए ।
भीम तामाङ, निर्मल लामा,यम बहादुर मोक्तान,चण्डिका योञ्जन,विनीता थापा,हिमाली घिसिङ,एलिना थिंङ र निरोज दोंग सदस्य भए । चन्द्र बहादुर घिसिङ,जङ्गवीर तामाङ,भगत सिंह तामाङ,देव बहादुर घिसिङ र अर्जुन खड्का सल्लाहकारमा चयन भए ।
Comment