आदर्श योगहरि पहिलो

चौथो सृजना अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिपमा आदर्श योगहरि स्कुल पहिलो भएको छ ।
सो विद्यालयका रित्तिका दर्नालले स्वर्ण पदक जितिन् भने रस्ना श्रेष्ठले एकल तथा समूह तथा जस्मिना श्रेष्ठले एकल तथा टिममा स्वर्ण जिते । यसै गरी दिपसना डङ्गोल,संयोग खत्री,नवीन अवस्थी, मोनी श्री चन्द र दीपेश तामाङले पनि स्वर्ण जिते । प्रशान्त बस्नेत  र रोनीया परियारले पनि स्वर्ण पदक जिते । यसै गरी, उत्सव परियारले एक रजत र कास्य पदक जिते । निशान्त अवस्थी,आयुषा पोखरेल,प्रन्जेल दवाडी र सिबानी श्रेष्ठले रजत पदक जिते । जेसन बास्तोला र नुमासा लिम्बुले कास्य पदक जिते ।
सो प्रतियोगितामा ज्ञान सागर तथा जेनस तेस्रो भए । एभरेस्ट तेक्वान्दोकी कल्पना काकीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका पुरस्कार विजेतालाई आयोजक सृजना ज्ञान सागर स्कुलका प्रधानाध्यापक राजेन्द्र प्रसाद तथा आयोजक कमिटीका प्रमुख फिरोज श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।
टोलीको प्रदर्शनबाट खुसी भएको प्रशिक्षक रमिला खत्रीले बताइन् । खत्रीले आगामी प्रतियोगितामा आफ्ना खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखेको बताइन् ।
Comment