एमवाईएम चेसको उपाधि अग्रवाल र मोरलाई

मारवाडी युवा मञ्चको आयोजनामा भएको एमवाईएम चेस प्रतियोगिताको  शनिवार भएको खुला समूहको स्पर्धामा मायंक अग्रवालले पहिलो स्थान पाए । यसै गरी, अटल तेजले दोस्रो तथा चन्दन सिंहानीसायाले ( अंसुके अग्रवाल)ले तेस्रो स्थान पाए ।
१२ वर्ष मुनिको स्पर्धामा लक्ष्य मोरले पहिलो स्थान पाए । यसै गरी, वेद साहले दोस्रो तथा साठी हर्सबर्धनले तेस्रो स्थान पाए ।
दुई स्पर्धा समावेश प्रतियोगितामा ५० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको प्रमुख अतिथि वरिष्ठ बुद्धिचाल खेलाडी सिताराम अग्रवाल तथा विशिष्ट अतिथि मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलले उद्घाटन गरे । कार्यक्रम मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माको सभापतित्वमा भएको थियो ।
मारवाडी समुदायमा चेस खेलका बारे जागरण गराउन प्रतियोगिता महत्त्वपूर्ण साबित हुने विश्वास रहेको आयोजक कमिटीका प्रमुख विनय अग्रवालले बताए ।
Comment