एमवाईएम चेसको उपाधि मोरलाई

मारवाडी युवा मञ्चको आयोजनामा भएको एमवाईएम चेस प्रतियोगिताको शनिवार भएको यूथ १२ स्पर्धामा लक्ष्य मोरले पहिलो स्थान पाए । यसै गरी, वेद साहले दोस्रो तथा साठी हर्सबर्धनले तेस्रो स्थान पाए ।
दुई स्पर्धा समावेश प्रतियोगितामा ५० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको प्रमुख अतिथि वरिष्ठ बुद्धिचाल खेलाडी सिताराम अग्रवाल तथा वरिष्ठ अतिथि मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलले उद्घाटन गरे । कार्यक्रम मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माको सभापतित्वमा भएको थियो ।
