निर्णायक रिफ्रेसर कोर्ष सुरु

dharan taekwondo
सरीता पुमा राई
धरान

सातौं राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम तथा आठौं निर्णायक रिफ्रेसर कोर्ष र प्रथम पुम्से निर्णायक तालिम बुधबार देखि धरानको कर्बड हलमा शुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले रेफ्रीहरुलाई दिईने यस्ता तालिमले खेलको बिकास र प्रगती हुने बताए । खेलकुदको विषयमा बोल्दै गुरुङले मुलुकको कुनै पनि खेलकुदको विकास हुन नसकेको र यसको विकास नहुनुमा राष्ट्रिय खेलकुद परिषद जिम्मेवार भएको उनले बताए ।
त्यसैगरी  ‘मुलुकको खेलकुद संरचना नै गलत छ , उनले भने । यो संरचना रहेसम्म कुनै पनि खेलकुदको विकास नहुने  उनले बताए ।  खेलकुद क्षेत्रको विकासको बाधक नै राष्ट्रिय खेलकुद परिषद रहेको बताए । जबसम्म राष्ट्रिय खेलकुद परिषदको व्यवस्था परिवर्तन हुदैन खेलकुदको विकास  नहुने उनले बताए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खेलकुद विकास समिति सुनसरीका अध्यक्ष नरेन्द्र चोङबाङ र बिशेष अतिथि नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले पानसमा बत्ती बालेका थिए  ।
तालिममा पुर्वान्चलका प्रशिक्षार्थीकहरु सहभागि भएका छन् । बुधबार देखि शनिबार सम्पन्न प्रशिक्षण तीन दिन सम्म हुने कार्यक्रमका संयोजक राजेन सुब्बाले बताए । तालिममा नेपाल तेक्वान्दो संघ निर्णायक समितिका संयोजक राजेश प्रजापति, सचिव नविन कुमार श्रेष्ठ र सदस्य प्रमोद पराजुलीले प्रशिक्षण दिने सुब्बाले बताए ।

Comment