दिलिपप्रति श्रद्धाञ्जली

manita and dilip

ब्वाइज युनियन तेक्वान्दो डोजाङका जुनियर राष्ट्रिय तेक्वान्दो खेलाडी दिलिपकुमार केसीको निधनमा बुधबार श्रद्धाञ्जली सभा आयोजना गरियो ।
ब्वाइज युनियनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा आयोजना गरेको श्रद्धाञ्जली सभामा राखेपका सदस्य–सचिव युवराज लामा, तेक्वान्दो संघका प्रतिनिधि, राष्ट्रिय तेक्वान्दो खेलाडी, विभिन्न खेलका खेलाडी, पारा तेक्वान्दो खेलाडी, ब्वाइज युनियनका पदाधिकारी, प्रशिक्षक, राखेप कर्मचारीलगायतले स्व. दिलिपको तस्वीरमा फुलमाला, खादा र पुष्गुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. दिलिपका पिता राजेन्द खत्री ब्वाइज युनियनका प्रमुख हुन् ।
दिलिपको गत फागुन २२ गते १२ वर्षको उमेरमा असामायिक निधन भएको थियो । दिलिपमा रेबिसको लक्ष्ण देखिएको बताइएको छ ।

 

Comment