जैसिदेवलका मुविक्क्षा र रोजनलाई दोहोरो अन्तर्राष्ट्रिय पदक

आसाम तेक्वान्दो सङ्घ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडेमीद्वारा भारतको आसाममा १ देखि ३ जुलाईसम्म आयोजित ओपन इन्डिया कुकीवान डिस्प्याच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा  जैसिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीले कुल १३ पदक जितेका छन् ।  मुविक्क्षा गजुरेलले सवजुनियर क्याटोगोरीमा ग्योरोगी तर्फ स्वर्ण र पुम्से तर्फ कास्य पदक जितेकी छन् ।
रोजन प्रजापतिले क्याडेट क्याटागोरीमा ग्योरोगीतर्फ रजत र पुम्से तर्फ कास्य पदक जित्न सफल भएका छन् ।
जैसिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीहरू सो प्रतियोगितामा सहभागी थिए । अन्जित राई प्रशिक्षक रहेको टोलीको व्यवस्थापक रमेश प्रजापति हुन् । अफिसयल भरत कारञ्जितको नेतृत्वमा गएको टोलीका मुविक्क्षा गजुरेल, आस्रा राना मगर र झरना थापा मगरले ग्योरोगी तर्फ स्वर्ण पदक जिते ।
रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थ ध्वज जोशीले रजत पदक तथा सन्देश राई, राहुल लिम्बु र समर लामाले कास्य पदक जिते ।  पुम्सेतर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षा गजुरेलले कास्य जिते ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी÷पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्रयाण्ड जुरीको भूमिका निर्वाह गरेका छन् ।
Comment