पुलिस अपराजित

 सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल प्रहारी राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहेको हो । पुलिसले एपिएफमाथि २५–१८, १४–२५, २५–१७ र २५–२० को जित रच्यो ।
यसँगै पुलिसले ३ खेलबाट ९ अंक जोड्यो । पुलिससँग हार भोगेपनि एपिएफ राउन्ड रोविन लिगमा दोस्रो हुँदै फाइनलमा पुग्न सफल भयो । एपिएफले ३ खेलबाट ६ अंक जोड्यो । अब शनिबार उपाधिका लागि पुलिस र एपिएफबीच नै प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि बिहीबारै आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५–२२, २५–१० र २५–१४ को सोझो सेटमा पराजित गरी पहिलो जित दर्ता ग¥यो । जितपछि डायमन्डले ३ खेलबाट ३ अक जोडेको छ । परोपकार भने अंकविहीन बन्दै पुछारमा रह्यो । अब डायमन्ड र परोपकारबीच नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै पुलिस, एपिएफ र परोपकारको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

Comment